कांग्रेस संसदीय दलको बैठक आज बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आज दिउँसो १२ बजे संसदीय दलको बैठक बस्ने कांग्रेसले जनाएको हो ।
बैठकमा मुलुकको समसामयिक अवस्था र शनिबारदेखि इजरायल हमास द्वन्द्वबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताए । संसदीय दलको बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीसँग छलफल गर्दै छन् ।

राजनीति