बागमतीका स्वास्थ्य मन्त्री जोशी उत्कृष्ट मन्त्रीको रुपमा सम्मानित

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी प्रदेशभरीका उत्कृष्ट मन्त्रीको रुपमा सम्मानित भएका छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य गरेको भन्दै जोशीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस एवम् सेतो कोट दिवसको अवसरमासम्मान गरेका हुन् ।

मन्त्री जोशीले नागरिकहरुको स्वास्थ्य उपचारका लागि गरेका कामहरु मुल्यांकन गर्दै प्रधानमन्त्री प्रचण्डले सम्मानित गरेका हुन् । उनी गत जेठ ७ गते प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त भएका थिए ।

समाचार