स्थानीय तहका कर्मचारीहरूको माग पूरा हुनुपर्छ : सांसद थापा

 नेकपा(एमाले)का सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरूको माग अविलम्ब पुरा गर्न सरकारसँग माग गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद थापाले स्थानीय तहका कर्मचारीहरूको आन्दोलनका कारण स्थानीय तह ठप्प भएको बताएका हुन्। उनले कर्मचारीहरूको जायज मागहरूलाई सम्बोधन गर्न सरकारसँग माग गरे।

उनले इजरायलमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि सरकार समयमै गम्भीर हुन नसकेको बताए। उनले इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडि बढ्न पनि सरकारको ध्यानाकर्षण गराए।

सांसद थापाले नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर]को भ्रमणको सम्बन्धमा सरकारले संसदमा जवाफ दिनुपर्ने बताए।

राजनीति