खेलकुदमन्त्री लिम्बूलाई मातृशोक

 युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ।

उनकी आमा हंशनुमा लिम्बूको शुक्रवार बिहान ५ बजे मोरङको लेटाङ–६ गुवाबारीमा ९९ वर्षको उमेरमा मृत्यु भएको हो। 

सात छोरा र पाँच छोरी रहेकी उनी कान्छा छोरा मन्त्री लिम्बूसँगै बस्दै आएकी थिइन्।​

हंशनुमाको शुक्रवार दिउँसो आफ्नै जातीय परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ ।

राजनीति