पानीमा लामखुट्टेकाे लार्भा भेटिएपछि बूढानीलकण्ठकाे एक उद्योगलाई एक लाख रुपैयाँ जरिबाना

काठमाण्डाै महानगरपालिकाले जारमा लामखुट्टेकाे लार्भा भेटिएपछि एक पानी उद्योगलाई जरिबाना तिराएकाे छ । 

बूढानीलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको एभरेष्ट जारको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै हिजाे एक लाख जरिबाना तिराइएकाे महानगरपालिकाले जनाएकाे हाे । 

महानगरका अनुगमन निरीक्षक डा अवधेश झाले कम्पनीलाई  जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएकाे बताउनु ःभयाे । 

बिक्री गर्न ल्याइएको जारमा लामखुट्टेका लार्भा भेटिएको थियो ।

काठमाण्डाै महानगरपालिकाले गएकाे असोज २३ गते बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि एक लाख रुपैयाँ जरिबाना तिराएकाे थियाे । 

समाज