पनौतीमा इलेक्ट्रिक गाडी दुर्घटना, एकजनाको मृत्यु

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा एक जनाको ज्यान भएको छ भने आठ जना घाइते भएका छन्।

गाडी दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी रमिलाको ​उपचारको क्रममा धुलिखेलमा बिहान ७ः३५ बजे मृत्यु भएको हो।

बुधबार बिहान पौने ७ बजेतिर काठमाडौँबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ को इलेक्ट्रिक गाडी दुर्घटनामा परेको हो। सोही दिशातर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई दिई भाग्ने क्रममा सडकको नालीमा खसेको प्रहरीले बताएको छ।

दुर्घटनामा घाइते भएका यात्रुको टाउको हात, ढाड र खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ। गाडी चालक काभ्रेपलाञ्चोक पनौती नगरपालिका–५ का ४१ वर्षीय उपेन्द्र थापा जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन्।

समाज