बझाङमा फेरि भूकम्प धक्का महसुस

बझाङमा फेरी बुधबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ ।

पछिल्लो समयमा बझाङलाई केन्द्रबिन्दु बनाएको पटक–पटक भुकम्पको धक्का महसुस भएको छ । बझाङ केन्द्रबिन्दु बनाएर असोज १६ गते ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । दर्जनौं घरहरू भत्किएका थिए भने एक जना वृद्धको मृत्युसमेत भएको थियो ।

असोज १६ यता पटक–पटक पराकम्प आइरहेका छन् ।

समाचार