एनआरएनएको अध्यक्षमा डा.केसी विजयी

 गैरआवासीय नेपाली संघको अध्यक्षमा डा.बद्रि केसी निर्वाचित भएका छन्।



काठमाडौंको सोल्टी होटलमा भएको मतदान र मतगठनाको परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी जापानका महेशकुमार श्रेष्ठलाई पराजित गर्दै डा.केसी विजेता घोषित भएका छन्। अध्यक्षमा तीनजना प्रतिष्पर्धी थिए।

त्यसैगरी रोजिना प्रधान राई, डा.निर्मल श्रेष्ठ, डा.हेमराज शर्मा, रामशरण सिंखडासहितले उपाध्यक्ष पद जितेका छन्। संघको महासचिवमा अमेरिकाका गौरी जोशीले जित हात पारे। नका निकटतम प्रतिष्पर्धी अमेरिकाबाटै बुद्धि सुवेदी थिए।

समाचार