मकवानपुर प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

मकवानपुर प्रहरीले शनिबार बकैयामा घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले बकैया गाँउपालिका वडा नं. १२ ठिंगनस्थित कान्तिलोकपथमा ३७५ लिटर घरेलु मदिरा नष्ट गरेको हो ।

विभिन्न यात्रुवाहक सवारी साधनमा सवार यात्रुहरुले मिनरल वाटर, कोक तथा डिउको विभिन्न साईजको बोटलमा भरी लिई आएको उक्त परिमाणको घरेलु मदिरा नष्ट गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त मदिरा नियन्त्रणमा लिई उक्त सवारी साधनमा सवार यात्रुहरुको रोहोवरमा सम्बन्धित मदिरा धनिलाई नस्ट गर्न लगाइएको हो ।

समाज