मकवानपुरमा भीरबाट लडेर एकजना वृद्धको ज्यान गयो

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा भीरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ ।



आइतबार दिउँसो भीमफेदी-३ बेसारघारी बस्ने ७० वर्षीय गणेशबहादुर स्याङतान घरदेखि डेढ किलोमिटर पश्चिमतर्फ रहेको भीरमा घास काट्न जाँदा भीर बाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाबारे प्रहरीलाई सूचना प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समाज