जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर फेरि दुई पटक भूकम्प गएको छ ।



आज बिहान १ः२२ बजे ४ म्याग्नेच्युड र बिहान ४ः५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

शुक्रबार राति ११ः४७ बजे रामीडाँडा नै केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएयता सोही स्थानलाई केन्द्रबिन्दु बनाई आधा दर्जन बढी पराकम्पनहरू गइरहेका छन् ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोही राति १२ः०८ बजे ४.५ म्याग्नेच्युडको, १२ः२९ बजे ४.२ म्याग्नेच्युडको, १२ः३५ बजे ४.३ म्याग्नेच्युडको, शनिबार बिहान ४ः१६ बजे ४.६ म्याग्नेच्युडको, शनिबार दिउँसो ३ः४० बजे ४.२ म्याग्नेच्युडको, आइतबार बिहान १ः२२ बजे ४ म्याग्नेच्युडको र आजै बिहान ४ः५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।

समाचार