चाडपर्वमा कालोबजारी नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरको आग्रह

जिल्ला प्रशासन कार्यालय मकवानपुरले नेपालीहरुको महान पर्व शुभ दिपावी तथा छठ पर्वको समयमा कालोबजारी नगर्न सबैलाई आग्रह गरेको छ ।

प्रशासनले आइतबार एक सूचना जारी गर्दै नजिकिँदै गरेको चाडपर्वको समयमा अस्वभाविक मूल्यवृद्धि, अखाद्य एवम् म्याद नाघेका वस्तुहरु बिक्री वितरण गरी कालोबजारी नगर्न सबैलाई आग्रह गरेको हो ।

यस्तै, प्रशासनले सार्वजनिक सवारीमा तोकिए भन्दा बढी भाडा असुली नगर्न, होटलहरू र तयारी अखाद्य सामग्री, अखाद्य मासु बिक्री वितरण नगर्न र बिल–विजक बिना सामग्री ढुवानी नगर्न पनि जारी सूचनामा उल्लेख गरेको छ ।

यदी प्रशासनको नियम विपरित यी कार्यहरु गरेको पाइएमा कानून बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

यस्तै, प्रशासनले सो समयमा कालोबजारी, अस्वभाविक मूल्यवृद्धि, अखाद्य एवम् म्याद नाघेका वस्तुहरु बिक्री वितरणलगायतको गतिविधिहरूको सन्दर्भमा सूचना, गुनासो, उजुरी गर्नु परेमा नाम र ठेगानासहित देहाय बमोजिम भाइबर र व्हाट्सएपमार्फत पठाउन सकिने तथा सोझै सम्पर्क गर्न सकिने जानकारी गराएको छ ।

समाज