वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता : कमल थापा फाइनलमा

राप्रपा नेपालका अध्यक्ष कमल थापा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।  ६५ वर्षमाथि पुरुष सिंगल्समा थापाले  विदुर विष्टसँग उपाधिका लागि भिड्ने भएका हुन् ।

यता प्रदीप खड्का र ऋतिक राणा पुरुष सिंगल्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा प्रदीपले निसान श्रेष्ठलाई ६–२ र ६–१ तथा ऋतिकले बोरिस अधिकरीलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरे । महिला सिंगल्समा अभिलाषा विष्टले जेनी खड्कालाई ६–१ र ६–१, माहिका राणाले रायना शाहलाई ६–३, ४–६ र ६–३, शुभाङ्गीलक्ष्मी शाहले गंगा शर्मालाई ६–२ र ६–३ तथा प्रकृति श्रेष्ठले आद्या पौडेललाई ६–३, ३–६ र ६–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

राजनीति