यस्तो रहनेछ आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमामा हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको उल्लेख गरिएको छ ।

त्यसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

यस्तै, महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । यस्थै दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

समाज