आज मौसम सामान्यतया सफा रहने

मौसम पूर्वानुमान महाशाखाले आज मौसम सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाले आज गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जनाएको हो ।

यस्तै, महाशाखाका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा थोरै हिमपातको सम्भावना रहेको छ ।

साथै महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

समाज