राष्ट्रपति र प्रधानमन्त्री निवास क्षेत्रमा निषेधाज्ञा

 जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति निवास शितल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।



प्रशासनले राष्ट्रपति निवास र प्रधानमन्त्री निवास क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको हो ।

युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते बिहीबार आयोजना गर्न लागेका छुट्टा छुट्टै कार्यक्रमबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई लक्षित गरेर जिल्ला प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

राजनीति समाचार