भोलि सार्वजनिक विदा

गुल्मी जिल्लाको दुई पालिकामा भोलि सार्वजनिक विदा दिइएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा भोलि मंसिर ७ गते बिहीबार सार्वजनिक विदा दिइएको हो ।

रेसुङ्गा नगरपालिकाले हरिबोधिनी एकादशी २०८० को अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले विगतमा झैँ यस वर्ष पनि विदा दिइएको जनाएको छ ।

यस्तै, गुल्मी दरबार गाउँपालिकाले पनि हरिबोधिनी एकादशीको दिन छिमेकी पालिका रेसुङ्गामा विशेष मेला लाग्ने भएकोले सार्वजिनक विदा दिइएको जनाएको छ ।

समाज