धनकुटामा ३ जना मृत अवस्थामा फेला

धनकुटा । धनकुटामा तीन जना मृत अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका १ निगोलमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत अवस्थामा फेला पर्नेहरु स्थानीय ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष रहेका छन् । उनीहरु तीनै जना घरभित्रै मृत फेला परेका हुन् ।

टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार, उनीहरुकी ६ वर्षीया छोरी सकुशल छिन् । घरमा विवाद भएपछि श्रीमान टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए ।

प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

समाज