हेटौंडाका मेनरोडमा स्कुटरले ठक्करबाट न्यौपाने घाइते

हेटौंडा । हेटौंडाको मेनरोडमा स्कुटरले पैदलयात्री एक महिलालाई ठक्कर दिदा महिला घाइते भएकी छिन्।
त्रिभुवन राजपथ अन्तर्गत शिवबुबा पेट्रोल पम्प नजिक सिमाचोकबाट कर्रा जादै गरेको बा ७५प ४४८७ नम्बरको स्कुटरले ठक्कर दिदा हेटौंडा -४ घर भएकी ५५ बर्षीया सुशिला न्यौपाने घाइते भएकी मकवानपुर प्रहरीले जनाएको छ ।
घाइते महिलाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने स्कुटर र चालकलाई वडा प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

स्थानीय