नेसपाको राष्ट्रिय सम्मेलन वैशाखमा हुने

 नेपाल समाजवादी पार्टी (नेसपा) को राष्ट्रिय सम्मेलन वैशाखमा हुने भएको छ । बुधबार भक्तपुरको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले २०८१ वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
बैठकले मंसिर–पुसमा वडा र पालिकाहरूको सम्मेलन र माघ–फागुनमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । यस्तै सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिने नेसपाले जनाएको छ । बैठकले संगठन निर्माण तथा विस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म गर्ने जनाएको छ ।
नेसपाले माओवादी केन्द्रसहित बृहत् समाजवादी केन्द्र निर्माणका लागि अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति पनि बनाएको छ ।

राजनीति