एकै परिवारका तीनजना मृत अवस्थामा फेला

धनकुटा । धनकुटामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन् । संखुवासभाको चैनपुर नगरपालिका नुनढाकी स्थायी घर भई हाल धनकुटा-१ निगालेमा बस्दै आएका टिकाराम गुरुङसहित उनकी श्रीमती र छोरा मृत अवस्था भेटिएका हुन् ।
गुरुङ झुण्डिएको र ३६ वर्षीया श्रीमती भीमा र १० वर्षीय छोरा आयुष हत्या गरिएको अवस्थामा फेला परेका छन् । स्थानीय मानिकलाल श्रेष्ठको खाली घरमा बसी ज्याला मजदुर गर्दै आएका गुरुङले मादक पदार्थ सेवनको कारण घरायसी विवाद हुँदा मृतक गुरुङले घटना घटाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

स्थानीय