आज हल्का वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भू–भागको केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार, आज देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने छ ।

महाशाखाले वर्षा र हिमपात हुने क्षेत्रमा जाडो बढ्ने भएकोले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

समाज