मकवानपुरगढीमा राष्ट्रिय गान गाएर कार्यालयको सेवा प्रारम्भ

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कार्यालय समय सुरु हुनु पूर्व राष्ट्रिय गानबाट कार्यालय सुरुवात गरेको छ । मंसीर ६ गते बुधबार देखि कार्यालय समय सुरु हुनु भन्दा पूर्व राष्ट्रिय गानबाट कार्यालय सुरुवात गरेको हो । कर्मचारीलाई समयमै कार्यालय उपस्थित गराई राष्ट्रिय गानको सम्मान एवं राष्ट्प्रति भाव बढाउने उद्देश्यले राष्ट्रिय गानबाट सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले बताए । कर्मचारी र सेवाग्राहीमा अनुशासन तथा राष्ट्रप्रतिको भाव अभिवृद्धि गर्न राष्ट्रगानबाट कार्यालयको सेवा सुरु गरिएको कार्कीले बताए । राष्ट्रिय गानबाट कार्यालयको काम सुरु गर्दा समयमै कर्मचारी कार्यालयमा उपस्थिति हुने,राष्ट्रप्रतिको माया विश्वास देश प्रतिको भावलाई झल्काउनुका साथै सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न सकिने गाउपलिका अध्यक्ष दोर्जे लामा स्याङ्गतानले बताएका छन् ।

समाचार