डा. केसीद्वारा स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा माग

काठमाडौं । डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै केसीले स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा माग गरेका हुन् ।
स्वास्थ्यमन्त्री बस्नेतले शनिबार डा. केसीलाई मेडिकल माफियाबाट सञ्चालित भएको आरोप लगाएका थिए । डा. केसीले आरोपको खण्डन गर्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका हुन् । उनले त्यसमा आफ्नो संलग्नता भेटिए सजाय भोग्न तयार रहेको बताएका हुन् ।
केसीले देउवा र प्रचण्डका स्वास्थ्य मन्त्री माफियाहरुका नाइके रहेको र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाफ हुने भएकाले तत्काल पदमुक्त गर्न माग गरेका छन् ।

समाचार स्वास्थ्य