उपप्रधानमन्त्री खड्का गएराति घाना प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का गएराति घाना प्रस्थान गरेका छन् ।
घानाको राजधानी आक्रामा मंसिर १९ र २० गते हुने अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मन्त्री खड्का त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उपप्रधानमन्त्री खड्काले नेपालका तर्फबाट सम्बोधन गर्नुका साथै प्रतिबद्धता पनि व्यक्त गर्ने कार्यक्रम छ भने नेपाली टोलीका अन्य सदस्यले विभिन्न कार्यक्रममा भाग लिनेछन् ।
त्यहाँ रहँदा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र संघका उपमहासचिव अतुल खारे, जिन पियरर ल्याक्क्रोइक्सले शिष्टाचार भेट गर्नुहुनेछ भने अन्य राष्ट्रका रक्षा तथा सुरक्षा मन्त्रीहरूसँग छलफल गर्ने छन् ।

राजनीति