आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशको केही प्रदेशमा हल्का वर्षाको सम्भाजना रहेको जनाएको छ ।

महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रही देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो ।

यस्तै, महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

त्यसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रहनुका साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।

समाज स्थानीय