बसामाडी जेसीजको जेसीज सप्ताहव्यापी कार्यक्रम आजबाट

मकवानपुर । बसामाडी जेसीजको जेसीज सप्ताहव्यापी कार्यक्रम आजबाट हुने भएको छ । आफ्नो नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह आजबाट सुरु हुने भएको जनाइएको हो ।

मंसिर २३ गतेसम्म संचालन हुने उक्त कार्यक्रम अन्तरगत विभिन्न सात वटा कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो ।

बसामाडी जेसीज बर्ष २०२३ का तालिम संयोजक बुद्धराज अर्यालले सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज पहिलो दिन मनिष खड्काको संयोजकत्वमा कमलडाँडा फुटसल मैदानमा अन्तर जेसीज फूटसल प्रतियोगिता र ध्रुव गौतमको संयोजकत्वमा जनप्रिय माबि हटियामा लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम हुने जानकारी दिए ।

यसैगरी, भोलि मंसिर २१ गते रमेश शर्माको संयोजकत्वमा नेपाल परिवार नियोजन संघ हेटौंडामा प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सम्बन्धि अन्तरक्रिया कार्यक्रम र सरोज देबकोटाको संयोजकत्वमा हाम्रो घर हेटौंडा ५ मा बालबालिकासंग जेसीजको सहयोगी हात कार्यक्रम हुनेछ ।

यस्तै, २२ गते प्रमोद उप्रेतीको संयोजकत्वमा आशा फाउन्डेसन स्कुलमा खाद्यान्न बितरण कार्यक्रम र दिपेन्द्र यादबको संयोजकत्वमा सिद्धार्थ शिशु सदन माबि मा बक्तृत्वकला प्रतियोगिता हुनेछ ।

सप्ताह कार्यक्रमको अन्तिम दिन मंसिर २३ गते बुद्धराज अर्यालको संयोजकत्वमा होटल लियो इन हेटौंडामा समापन तथा पुरस्कार बितरण कार्यक्रम हुने जनाइएको छ ।

समाचार