मकवानपुरको भीमफेदी गाँउपालिकामा रैथाने बाली कोदो उत्पादनमा बृद्धी

हेटौंडा । मकवानपुरको भीमफेदी गाँउपालिकामा रैथाने बाली कोदो उत्पादनमा बृद्धी गरिएको छ । किसानको मेहनत र भीमफेदी गाउँपालिकाको सहयोगका कारण यस क्षेत्रमा कोदो उत्पादनमा किसानहरुले जोड दिएका छन् ।

आफ्ना बारीमा कोदोको खेती गर्दा भीमफेदी गाउँपालिकाले सहयोग पनि गर्दै आएको छ । गाउँपालिकाले कोदो खेती गर्ने किसानलाई सूचनानै जारी गरेर प्रोत्साहनका कार्यक्रम ल्याएपछी किसानहरु थप उत्साहित भएका छन् ।

भीमफेदी गाँउपालिका वडा नम्बर– ३ मा रैथाने बाली कोदो उत्पादन गर्ने कृषकहरुलाई नगद अनुदान वितरण गरिएको छ । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले नगद अनुदान रकम वितरण गर्दै यस्ता कार्यक्रमलाई पालिकाले थप प्राथमिकता दिएको बताउनुभयो ।

नगद प्रोत्साहान अनुदान कार्यक्रम को प्रभावले भीमफेदी गाँउपालिकामा रैथाने बाली कोदो उत्पादनमा बृद्धी भएको उहाँले बताउनुभयो । भीमफेदीको १ हजार ६० रोपनी जग्गामा २ सय ६६ कृषक परिवारद्वारा लगाएको कोदो खेतीवाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने आंकलन गरिएको उहाँले बताउनुभयो ।-janapatra

चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ कोदो उत्पादनमा आधारित अनुदान कार्यक्रम पालिकाले संचालन गरेको छ । खडेरीका कारण मकै उत्पादनमा ह्रास आई पालिकाभित्र सम्भावित खाद्यन्न संकट कोदो उत्पादनले थेग्ने विश्वास लिएको छ । अनुदानवाट लाभान्वित हुने बाहेक पनि कोदो खेती गर्ने कृषकहरु भएकोले पालिकाभित्र २ हजार भन्दा बढि रोपनीमा कोदो खेती भैरहेको भीमफेदीको कृषि शाखाको प्रतिवेदनमा उल्लेख छ ।

समाचार समाज