सवारी दुर्घटनामा घाइते भएका मगरको उपचारको क्रममा मृत्यु

हेटौंडा । मकवानपुरमा सवारी दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरीखेतमा मोटरसाइकल दुर्घटनामा परेका हेटौंडा ३ बसामाडी निवासी २५ वर्षीय विकल सारु मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोही दुर्घटनामा एकजना घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । प्रदेश ३–०२–००८ प ४२४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा विकल गम्भीर घाइते भएका थिए ।

उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाज स्थानीय