राष्ट्रिय सभाको उम्मेदवार चयन गर्ने जिम्मा देउवालाई

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि दल दर्ता गर्ने र उम्मेदवार चयन गर्ने जिम्मा सभापति देउवालाई दिने निर्णय हो ।
निर्वाचन र दल दर्ताको व्यवस्थापन गर्नका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय गरेको छ । बैठकले महासमितिको बैठक आगामी फागुन ७ गतेदेखि १० गतेसम्म सार्ने निर्णय गरेको छ ।

राजनीति समाचार