तिन नंबर पुलमा बस र ट्रक ठोक्कियो, ३ जनाको मृत्यु

हेटौंडा । पूर्वपश्चिम राजमार्गको बारा जिल्ला स्थित ३ नंबर पुलमा बस र ट्रक ठोक्किदा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नंबर २२ ३ नम्बर पुल नजिक काठमाडौंतर्फ जाँदै गरेको बा ३–००१ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो । दुर्घटनामा बस चालक हेटौँडा ३ बसामाडीका हरिशम्सेर सुयाल थापा, तनहुका २८ वर्षीए पूर्ण गुरुड,र एक जना पहिचान नखुलेको ब्यक्ति रहेका छन् ।
दुर्घटनामा ६ जना घाईते भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

समाज स्थानीय