उखुको न्यूनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ

काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ तोकेको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्युनतम खरिदमूल्यमा उद्योगले पाँच सय ६५ रुपैयाँ प्रतिक्वीन्टल दिनुपर्ने र सरकारले उखु कृषकलाई ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

समाचार समाज