रुसी सेनामा थप एक नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भएर निधन भएका नेपाली नागरिकको शव नेपाल पठाउन तथा घाइतेलगायतका पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरिएको पनि जनाएको छ ।
मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन राजदूतमार्फत रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरूको अवस्थाका बारेमा रुसी सरकारबाट आधिकारिक जानकारी गराउन मन्त्रालयले आग्रह गरेको छ ।

समाचार