हेटौंडाको शिबम सिमेन्टले विद्युत् प्राधिकरणलाई २ अर्ब ७३ करोड तीर्न बाँकी, कहिले काटिन्छ त लाइन ?

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको हटियामा रहेको शिबम सिमेन्ट उद्योगले नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रलाई बिध्युत महसुल वापतको २ अर्ब ७३ करोड रुपैयाँ तिर्न बाँकी छ । यो रकम वषौ अघि देखि तिर्न बाँकी रकम हो । तर, अहिले सम्म पनि प्राधिकरणका लागि ठुलो रकम शिबम सिमेन्ट उद्योगले बझाएको छैन । यो रकम नबुझाउँदा पनि बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले उद्योगको लाइन भने काटेको छैन ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने ४ उद्योगको लाइन काट्दा पनि शिबम सिमेन्ट उद्योगको लाइन भने नकाटेको हो । प्राधिकरणका अनुसार जगदम्बा स्टिल, रिलायन्स सिमेन्ट, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको हो । जगदम्बाले ४ अर्ब १४ करोड, रिलायन्सले १ अर्ब ९४ करोड, घोराहीले १ अर्ब ३६ करोड र अर्घाखाँचीले १ अर्ब ३० करोड तिर्न बाँकी रहेको प्राधिकरणको भनाइ छ । बिल भुक्तानी गर्न पटक पटक ताकेता भएपनि नतिरेपछि ती उद्योगको आजदेखि लाइन काटेको प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार ऊर्जा र सञ्चार मन्त्रालयको प्रगति समीक्षा बैठकमा ट्रंक र डेडिकेटेड लाइनबापतको बक्यौता उठाउन निर्देशन दिएका थिए। यससँगै प्राधिकरणले सुरुमा चार उद्योगमाथि एक्सन लिएको बताइएको छ । ऊर्जा मन्त्रालयका अनुसार ३० वटा कम्पनीले मात्रै गत असारसम्म २१ अर्ब ६ करोड रुपैयाँ तिर्न बाँकी छ ।

त्यस मध्यको एक उद्योग हो शिबम सिमेन्ट उद्योग । उसले पनि प्राधिकरण हेटौंडा वितरण केन्द्रबाट डेडिकेटेड लाइन जोडेको समयको रकम तिर्न बाँकी रहेको हो । यो रकम नर्तिका लागि अदालतमा मुद्धा हालेर साढे दुइ अर्ब रुपैयाँ भन्दा बढी रकम प्राधिकरणलाई नबुझाइकन बसेको छ ।

अन्य क्षेत्रमा यही प्रकृतिका सिमेन्ट उद्योगको लाइन काटिदा पनि हेटौंडाको शिबम सिमेन्ट उद्योगको लाइन काटिएको छैन । शिबमले उच्च अदालत हेटौंडा इजलासमा डेडिकेटेड लाइन प्रयोग गरेको रकम प्राधिकरणले माग गरेपछी मुद्धा दायर गरेर अन्तिरिम आदेश दिएकाले लाइन काट्नका लागि समस्या भएको नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख शिबराम यादबले बताउनुभयो । अदालतको अन्तिम फैसला नआउनुजेल सम्म रकम उठाउनका लागि पनि समस्या रहेको र लाइन काट्न पनि नसकिएको उहाँले बताउनुभयो ।

समाचार