मनहरीमा जंगली हात्तीको आक्रमणबाट महिला घाइते

मकवानपुरको मनहरी गाउँपालिकाका स्थानीयहरुले दिनदिनै नजिकै पर्सा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको उपद्रो बाध्य छन् । गएको दुई सातादेखि लगातार हात्तीको आतंकले मनहरीका स्थानीयहरुलाई सुरुमा अन्नबाली र घरगोठ जोगाउन मुस्किल थियो ।

हात्तीले मान्छेलाई आक्रमण गर्न थालेपछि ज्यान जोगाउन मुस्किल परेको छ । स्थानीयको घरगोठ र अन्नपातमा क्षति गर्दै रजाई गरेको हात्तीले मान्छेलाई आक्रमण गरी घाइते बनाएपछि ज्यान जोगाउन मुस्किल परेको हो ।

शनिबार राती ११ बजेर ४५ मिनेटको समयमा मनहरी गाउँपालिका–७ बिजौना बस्ने ५१ बर्षीया कान्छिमाया तामाङलाई आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार घर बाहिर निस्किएकी तामाङलाई अचानक जंगली हात्ति आएर आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट ढाडमा चोट लागेपछि उनी बेहोस भएकी थिइन् ।

समाचार समाज