हेटौंडामा दुई युवा बिच कुटाकुट,अर्का एक व्यक्ति घाइते

हेटौंडा । हेटौंडामा दुई समूह बिच कुटाकुट हुदाँ एकजना घाइते भएका छन्। शुक्रवार हेटौंडा-१४ कालापानीमा दुई युवकबीच कुटाकुट हुँदा एक ब्यक्ति घाइते भएका हुन्।घाइते हुनेमा स्थानीय राम बहादुर थिङ रहेको प्रहरीले जनाएको छ ।

हिजो स्थानीय २२ बर्षीय सुकराज थिङ र २३ बर्षीय बुद्ध मोक्तानबीच झगडा हुदा दुई जनाको नजिकै रहेका राम बहादुरलाई निजहरुले धकेलेका थिए।उनको लडेर शरिरमा चोट पटक लागेको र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुटपिट संलग्न दुबै युवक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

समाचार समाज