नवलपुरमा बाघको आक्रमणमा परेर सासु बुहारीको मृत्यु

हेटौंडा। नवलपुरमा बाघको आक्रमणमा परेर  एकैघरका सासू बुहारीको मृत्यु भएको छ ।

आइतबार दिउसो जिल्लाको विनयीत्रिवेणी १ को खहरे जंगलमा घाँसकाट्न गएका उनिहरुको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेद बहादुर पौडेलले जानकारी दिए ।बाघको आक्रमणबाट ज्यान गुमाउनेमा २८ बर्षीया विष्णु पौडेल र उनकी सासू ६० बर्षीया मनादेवी पौडेलको रहेका छन्।  सासू बुहारी दुवैजनाको शव पोष्ट मार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

समाचार समाज