चितवनको सौराहामा आजदेखि हात्ती महोत्सव शुरु हुँदै

काठमाडौं । चितवनको सौराहामा आजदेखि १७औँ हात्ती महोत्सव शुरु हुँदैछ । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा महोत्सव हुन लागेको हो ।
बाघमारा मध्यवर्ती सामुदायिक वनमा हुने गरेको हात्ती महोत्सव चित्रसारीको चौरमा महोत्सव गर्न लागिएको छ । महोत्सवमा हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता गर्ने आयोजक क्षेत्रीय होटल संघले जनाएको छ । महोत्सवमा डुंगा दौड, पर्यटकीय गोष्ठी र सेमिनार पनि हुनेछ ।
महोत्सवमा ३० निजीसहित ४० हात्ती वनभोजमा सहभागी गराइने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । अंग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ आयोजित महोत्सव पुस १४ गतेसम्म चल्नेछ ।
कोरोना महामारी पछि चार बर्ष महोत्सव स्थगित भएको थियो ।aaaaaaaaa

समाचार