एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडौँमा बस्ने भएको छ ।

पुस १३ गतेसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने छ ।

त्यस्तै, देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल, प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने लगायतका विषयमा छलफल हुने महासचिव घनश्याम भुसालले जानकारी दिएका छन् ।

राजनीति समाचार