हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रवक्ता खगेन्द्र रिजालले बताए ।

हात्तीको तोडफोडबाट एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ ।

समाचार