बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने प्रधानमन्त्रीकाे घाेषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने घाेषणा गर्नुभएकाे छ । हिजाे रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहकाे ज्यान गएकाे थियाे ।

शनिवार आजदेखि काठमाण्डाैमा शुरु भएको छैटाैँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटनमा बाेल्दै उहाँले बालकुमारी घटनामा मारिएका दुई युवककाे परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने घाेषणा गर्नुभएकाे हाे।

 

यस्तै, उहाँले याे घटनामा कमजोरी देखाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको बताउनु भएकाे छ । याे घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्बन गरिएको उहाँले बताउनु भयो ।

उहाँले ईपीएस परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरुले पनि याे परीक्षामा सहभागी हुन पाउने कुरा अदालतले जानकारी दिएपछि परिस्थितिलाई सहज बनाउन आग्रह गर्नुभएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले याे घटनामा अदालतको पनि केही कमजोरी देखिएको बताउनु भयो ।

राजनीति समाचार