माइतीघरबाट सिके राउत पक्राउ

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत पक्राउ परेका छन् । माइतीघरको निषेधित क्षेत्रमा प्रवेश गरी प्रदर्शन गर्न खोजेपछि प्रहरीले राउतसहित ५१ जनालाई पक्राउ गरेको हो ।उनीहरु सबैलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको छ । सिके राउतसहित भेला भएकाहरूले टोपी दिवससँगै धोती दिवस पनि मनाउन पाउनुपर्छ भन्दै निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सरकारले माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

राजनीति समाचार