हेटौंडा–१७ मा बालमैत्री स्थानीय शासनका सुचक मापन र पञ्चवर्षीय योजना कार्यशाला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १७ मा बालमैत्री स्थानीय शासनका सुचक मापन र पञ्चवर्षीय लगानी योजना तयारी कार्यशाला कार्यक्रम सम्पन्न भएको छ। १७ नम्बरका वडा अध्यक्ष उद्दब सत्यालको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालीका महिला तथा बालबालिका विकास महाशाखा प्रमुख एवं निर्देशक बिष्णु कुमारी लामिछानेले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा वडाका बालमैत्री सम्पर्क ब्यक्ति सहित सबै जन प्रतिनिधि, वडा सचिब, सम्पूर्ण संस्थागत र सामुदायिक बिध्यालयका प्रधानाध्यापक, बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष, स्वास्थ संस्था प्रमुख एवम् स्वास्थ स्वयंसेविकाहरु, स्थानीय प्रहरी, बाल समूह संजालका प्रतिनिधिहरु, विभिन्न टोल बिकासका अध्यक्ष लगायत अन्य प्रतिनिधिहरु सहित नगर र वडा सहजकर्ता तथा महिला, बाल बालिका शाखाका कर्मचारीको सहभागिता रहेको थियो ।

हेटौंडा उपमहानगरपालिकाले मङ्सिर मसान्त २०८० सम्ममा सम्पुर्ण वडाहरु सहित नगर समेत बाल मैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने लक्ष्य सहित विभिन्न क्रियाकलापहरु अगाडि बढाइरहेको सन्दर्भमा हाल सबै वडाहरुमा सुचक मापन र लगानी योजना निर्माण कार्य संचालन गर्दै गरेकोमा वडा न ८ मा ३२ सुचक वडा न २ मा २८ सुचक वडा न १८ मा २९ र आजको कार्यशाला पश्चात् वडा न १७ मा ३० सुचक पूरा भएको र पूरा भएका सुचकको दिगोपना तथा बॉकी सुचक प्राप्तिका लागि आवश्यक कामकारबाही सहितको लगानी योजना निर्माण समेत सम्पन्न भएको छ। वडा अध्यक्षले बालमैत्री अभियानलाई आज गरेको सुचक विश्लेषण ले थप सहज बनाउने भन्दै बाँकी सूचक पूरा गर्न सबैले सकारात्मक पहल गरिदिन अनुरोध समेत गर्नुभयो ।-janapatra

समाचार समाज