चौघडा शान्तिटोलको सडकको दायाँबाया फलफूलका विरुवा

हेटौडा । हेटौडा–६ चौघडामा रहेको शान्तिटोल टोल विकास संस्थाले टोललाई हराबार बनाउन सडकको दायाँबाया विभिन्न प्रकारका फूलको विरुवा रोपेको छ । मंगलबार दिउँसो हेटौडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले वृक्षारोपण गरेर टोल विकास संस्थाको अभियानको सुरुवात गरेकी हुन् ।
वृक्षारोपण कार्यक्रमको थालनिका क्रममा सामाजिक विकास र नगर सौन्दर्य बनाउने कार्यमा आफूले सदैव सहयोग रहने बताईन । उनले शान्तिटोल विकास संस्थाले टोलको विकास, धार्मिक स्थलको संरक्षण गर्नुको साथै टोलबासीहरुको हितमा काम गरेको बताईन ।
कार्यक्रमा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पौडेल,लेखराज ढकाल, भूमि आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाई, दुग्ध विकास बोर्ड बागमती प्रदेशका सञ्चालक सदस्य बासुदेव अधिकारी, रानी सामुदायिक वनका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, विपी गणेशमान स्मृति शान्तिपार्क अध्यक्ष भीमसेन पौडेल, ज्येष्ठ नागरिक वडा मञ्च हेटौडा–६ का अध्यक्ष बासुदेव सापकोटा, मुनलाईट ईन्टरनेशनल स्कूलका प्रवन्ध निर्देशक भरत सापकोटा, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का उपाध्यक्ष रमेश कुमार थापा, नवजीवन ज्योति क्लवका सचिव राजकुमार फुयाँल, टोल विकास संस्थाका सचिव प्रदिप ढुङगाना, कोषाध्यक्ष पूर्णभद्र चौलागाई, स्थानीय लगायतको सहभागिता थियो । कार्यक्रम शान्तिटोल टोल विकास संस्थाका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा सम्पन्न भएको थियो । शान्तिटोल टोल विकास संस्थाले विभिन्न ब्यक्तिहरुको सहयोगमा शान्तिटोल देखि चुच्चेखोला बजार सम्म सडकको दायाँबाया २ सय वटा गमलामा कलवेरी, धूपी, रेक्सोनापाम लगायतका फूलका विरुवाहरु रोपी सडकको सौन्दर्यता बढाउने अभियानको टोलीबालीले खुशी व्यक्त गरेका छन् ।

समाज स्थानीय