एमालेको सचिवालय बैठक भोलि

नेकपा एमालेको सचिवालय बैठक भोलि शुक्रबार बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो १२ बजे बस्ने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

राजनीति समाचार