अदालत परिसरबाट हतकडीसहित भागेका थुनुवा पक्राउ

हेटौंडा। जिल्ला अदालतबाट काठमाडौं परिसरबाट हतकडीसहित भागेका थुनुवा पक्राउ परेका छन्।बुधबार थुनछेक बहसका लागि जिल्ला अदालत ल्याइएका थुनुवा ३२  वर्षीय कमल खड्का प्रहरीको हतकडीसहित भागेका थिए।

उनलाई काठमाडौं महानगरपालिका वडा नम्बर ३२ जडीबुटीस्थित न्युदोलखाली गेष्ट हाउसबाट  बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन्।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर २ घर भई भक्तपुरको दुवाकोट बस्दै आएका उनी ठगी मुद्दामा पक्राउ परेका थिए।अदालत परिसरबाट हतकडीसहित भागेका उनको कोठाको डस्टबीनमा हतकडी र युनुवा पोसाक भेटिएको थियो।

समाचार