राष्ट्रपति पौडेल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । बिहिबार विहान काठमाडौं आईपुगेका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटको शुरुवात नै राष्ट्रपति पौडेलबाट गरेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असर, हिमाल र पानीको स्रोत बचाउने साझा एजेण्डामा मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए । भेटमा भारतीय विदेशमन्त्री एस जयशंकरले दुई देशबीच सबै क्षेत्रहरूमा सहकार्य गर्ने बताएका थिए ।

जयशंकर नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका हुन् ।

राजनीति समाचार