हेटौैँडामा “थाहा फोटो प्रर्दशनी” आज पनि जारी

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा जारी थाहा फोटो प्रर्दशनीमा आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गरिरहेका छन् ।

शुक्रबारबाट सुरु भएको प्रदर्शनीमा नेपालकै चर्चित पर्यटकीय क्षेत्रको रुपमा रहेको थाहा नगरपालिकाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई उजागर गर्ने उदेश्यका साथ ६० वटा फोटो राखिएको छ ।

.

थाहा नगरपालिकाको आयोजना तथा फरक सोच अभियान, शिखर क्लबको संयोजनमा भएको प्रर्दशनीलाई राष्ट्रिय फोटो पत्रकार समूह, मकवानपुर, नेपाल पत्रकार महासंघ मकवानपुर, हेटौँडा उपमहानगरपालिका लगाएतको संघसस्थाको सहयोग रहेको छ ।

प्रर्दशनीमा थाहाको पर्यटकीय क्षेत्रको तस्बिरको साथै थाहा क्षेत्रमा रहेको सांस्कृतिक, धार्मिक पक्षहरु समेटिएको तस्बिरहरु राखिएको छ ।

बागमती प्रदेश सरकारले सन् २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको ४ दिनपछि सुरु भएको प्रर्दशनीले प्रदेशको पर्यटनलाई टेवा पुर्याउने फरक सोचका यादबजंग राजमाझीले बताए ।

समाचार समाज