एमाले थाहाको अधिवेशन फागुन २८ गते

थाहा । नेकपा एमाले थाहा नगरपालिका कमिटीले नगर अधिवेशन फागुन २८ गते गर्ने निर्णय गरेको छ ।


.

शनिबार पालुङमा सम्पन्न नगर कमिटीको पूर्ण बैठकले अच्युतमप्रसाद ढकालको संयोजकत्वमा एक सय ५ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको हो ।

केन्द्रीय पोलिटब्यूरो सदस्य एवं मकवानपुर इञ्चार्ज देवी ज्ञवालीको प्रमुख आतिथ्यता तथा नगर अध्यक्ष ढकालको अध्यक्षतामा भएको बैठकले माघ पहिलो हप्ताभित्र सबै वडाहरुको बैठक, माघ २१ गतेभित्र सदस्यता नविकरण, फागुन ८ र ९ गते आवशीय प्रशिक्षण, फागुण १५ गतेभित्र सबै वडाहरुको अधिवेधन तथा प्रतिनिधि छनौट गर्ने निर्णय पनि गरेको छ ।

बैठकको अवसरमा प्रमुख अतिथि ज्ञवालीले पार्टीभित्र देखा परेको समस्यालाई चिरेर अघि बढे अर्को निर्वाचनमा गठबन्धनलाई पछार्न सकिने बताए ।

बैठकको अवसरमा संविधान सभा सदस्य सुवाषचन्द्र ठकुरी, निर्वाचन क्षेत्र नम्बर २ का इञ्चार्ज बलराम बल, थाहा इञ्चार्ज तथा बागमती प्रदेश सदस्य इन्द्रमान स्याङ्तान, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पार्टीका सर्कुलरहरु बारे बताउँदै थाहामा जनताको विश्वास कायम गर्न आग्रह गरे ।

बैठकमा प्रदेश कमिटी, जिल्ला कमिटी र नगर कमिटीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो ।

राजनीति समाचार