रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल हुनेछ ।
बैठकमा दुईसाता अघि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा गरिएको पदयात्राका बारेमा पनि छलफल हुने महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

राजनीति समाचार